काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज (म‌ंगलबार) भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले सबै संसदीय समितिका बैठक आज सुरु भएकाले अब संसद्ले लय समातेको बताए।

उनले भने, ‘संसद्‌मा विचाराधीन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु।’

प्रधानमन्त्री प्रचण्डले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यका लागि सभामुख घिमिरेले गरेको प्रयासको प्रशंसा गरे।

यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारकाले यही जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि गराए।

उता सभामुख घिमिरेले पनि सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे।

‘आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन्’, उनले भने,‘संसद् सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ।’

सभामुख घिमिरेले सांसदहरुबाट सदनमा उठेका विषयमा सरकारले जवाफ नदिएको गुनासो सुनाउँदै थपे, ‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version