काठमाडौं: राष्ट्रिय विभुति तथा सगरमाथा चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन् । उनी आफ्नो धर्मपत्नी पासाङ ल्हामुले सगरमाथाको चुचुरो चुम्दै रेकर्ड राखेको ३० वर्षपछि सगरमाथा चढेका हुन् ।

१० वैशाख २०५० का दिन पासाङ ल्हामुले सगरमाथा आरोहण गर्दै नेपालको पहिलो महिला आरोही बनेकी थिइन् । सो बेला श्रीमान सोनाम समेत सँगै थिए ।

तर, उनी क्याम्प २ भन्दा माथि जान सकेका थिएनन् । सोही दिन आरोहण पुरा गरी आधार शिविर फर्कने क्रममा पासाङ ल्हामु शेर्पाको निधन भएको थियो । थामशेर्कु ट्रेकिङले सोनाम आधार शिविरतर्फ फर्किरहेको समेत जनाएको छ ।
सोनाम यती समूहका समेत अध्यक्ष हुन् । यती एयरलाइन्ससहित पर्यटनसँग सम्बन्धित विविध व्यवसायमा यो समूहले लगानी गरिरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version