काठमाडौँ:
प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्यदोषी ठहरिएका चौधरीलाई आममाफी दिएर रिहा गर्ने संकेत गरेका हुन्।

‘रेशम चौधरीको विषयमा अध्यदेश ल्याएर छुटाउने प्रयास हामीले गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो फैसाला होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएकै हो,’ प्रधानमन्त्रीले भने, ‘र, अहिले टुंगिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा निकै गम्भीर छ। मलाई विश्वास छ यसको छिटै एउटा टुंगोमा हामी पुग्ने छौँ।’

सर्वोच्च अदालतको आदेशका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्न नसकिएको पनि उनले बताएका छन्।

‘रेशमजीसहित थरुहट आन्दोलनपछि जेलमा रहेकाहरुलाई राजनीतिक बन्दीका रुपमा हामी रिहा गराउन तयार छौँ’, उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउँछ। रेशमजीहरुलाई उचित विकल्प खोजेर हामी रिहा गराउने कुरामा गम्भीर छौँ।’

डिल्लीबजार कारागारमा रहेका चौधरीलाई आममाफी दिन प्रक्रिया अघि बढाउने विषयमा सत्तारुढ दलबीच बुधबार छलफल भएको थियो।

मंगलबारमात्रै सर्वाेच्च अदालतले चौधरीलाई जन्मकैदको फैसला गर्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version