दाङ: दाङमा आज (शुक्रबार) बिहान सब दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ, ११ यात्रु घाइते भएका छन्।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा रोल्पाको रुन्टीगढी–७ की ४२ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (दाङ) का प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।

बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो। बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगन्ज पठाइएको वडा प्रहरी कार्यालय (लमही) का प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version