काठमाडौँ:
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानको प्रतिवेदन प्रहरीले आज (सोमबार) सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ।

प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिवेदन प्रतिवेदन हिजै (आइतबार) बुझाउने तयारी गरे पनि नभ्याएकाले आज बुझाउने भएको हो।

प्रहरीले आगामी शुक्रबारसम्म यो मुद्दा सरकारी वकिलमार्फत अदालत पुर्‍याइसक्नुपर्नेछ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। अहिले उनीहरू प्रहरी हिरासतमा छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version