काठमाडौँ: आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे आजदेखि प्रतिनिधि सभामा छलफल गरिने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले यही जेठ १५ गते संसद्‌मा प्रस्तुत गरेको बजेटमा आजदेखि सांसदहरूको धारणा लिइने भएको हो।

त्यसका लागि संसद् भवन (नयाँ बानेश्वर) मा अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री मीना पाण्डको गत मंगलबार निधन भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version