काठमाडौँ: नेकपा (एमाले)ले करको दर हेरफेरबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ।

एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए।

‘करका दर हेरफेर भएबजेटमा अनधिकृत रूपमा भनेर आएको छ। हामी यो कुरा संसदमा उठाउँछौं,’ प्रमुख सचेतक गिरीले भने।

बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।

आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक बस्न सकेको छैन।

अहिले सभामुखले प्रमुख सचेतक, सचेतकहरूसँग कुराकानी गरिरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरू भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायब सुब्बा श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।

भन्सार विभागका पूर्वकर्मचारी श्रेष्ठले भने आफूले वर्षौंदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version