काठमाडौँ: सुनकोसी नदीमा शुक्रबारदेखि दुर्घटना भएर खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को गाडी र दुई जनाको शव मंगलबार भेटिएको छ । शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो ।

एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएको जनाइएको छ ।
नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो ।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा१झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका-९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version