काठमाडौँ: नेप्सेमा पाँचौं कारोबार दिन लगातार वृद्धि हुँदा नेप्से सूचक २ हजार बिन्दु नजिक पुगेको छ । पाँच दिनमा ८५.८८ बिन्दुले नेप्से बढेसँगै सूचक १९८७ दशमलव ८७ बिन्दुमा पुगेको छ । सोमबार ११ः११ मा नेप्से परिसूचक २००३ दशमलव २५ बिन्दुमा पुगेर फर्किएको हो । त्यसपछि क्रमशः ओरालो लागेर कारोबारको अन्त्यमा १९८७.८७ बिन्दुमा नेप्से बन्द भयाे ।

सोमबार होटल उपसमुहगत सूचक १०.७८ प्रतिशतले बढेको छ । यस्तै उत्पादनमुलक २.०५ प्रतिशत बढेको छ । विकास बैंक ०.५० र हाइड्रोपावर उपसमूहको सूचक ०.३१ प्रतिशतले घटेको छ ।

नेप्सेमा देखिएको लगातारको वृद्धिले आज पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । ती कम्पनीहरुमा अभियान लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड, भुगोल इनर्जी डेभलपमेन्ट बैंक, सिटी होटल लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडको सेयरमूल्य दश प्रतिशत हाराहारीले बढेको हो । यस्तै सोल्टी होटल ८.४७, नबिल डिबेञ्चर २०८७ को ७.०४, किसान लघुवित्त ६.४०, युनिलिभर लिमिटेड ५.४१ र तारागाउँ रिजेन्सी होटलको ५.०७ प्रतिशतले बढेको छ ।

उता आजको बजारमा प्रभु स्मार्ट फन्डको इकाईमूल्यमा नकारात्मक सर्किट लागेर ८ रुपैयाँ ६५ पैसामा झरेको छ । यस्तै सगरमाथा जलविद्युत कम्पनीको ३.९०, युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर ३.८०, सुपर मादी हाइड्रोपावर ३.७६ र समता लघुवित्तको ३.७३ प्रतिशतले घटेको छ ।
आजको बजारमा २८५ स्क्रिप्टको ७४ लाख ५४ हजार ७ कित्ता सेयर ४९ हजार ९४४ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपेयाँमा खरिद बिक्री भएको हो । नेप्से बढेपनि आज कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार २ अर्ब ४५ करोडको सेयर कारोबार भएकोमा अघिल्लो दिनको तुलनामा सोमबार ५७ करोडले कारोबार रकम खुम्चिएको हो ।

कारोबारमा आएका १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version