काठमाडौँ:
नेकपा एकीकृत समाजवादी पार्टी समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ।

शुक्रवार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा सहभागी हुने निर्णय भएको जानकारी दिए।

उनले अबको दुई चार दिनभित्रै मोर्चा घोषणा हुने दाबी पनि गरे।

समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सहभागी हुने निर्णय गरेका छन्।

पूर्वमाओवादी घटकबीच एकतै गर्ने योजनासहित केही दल समेटेर समाजवादी मोर्चा बनाउने गृहकार्य दलहरूले गत फागुनदेखि नै गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version