काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनलाई अरु निवेदनका साथमा राखेर पेश गर्नु भनी आदेश गरेको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र डा. कुमार चुडालको इजलासले ललितानिवास प्रकरणमा थुनिएका अरु आरोपितहरुको निवेदनको साथमा राखेर सचिव राउतको निवेदन समेत पेश गर्नु भनी आदेश गरेको हो ।

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको निवेदन आइतबार सुनुवाइ हुँदैछ । सर्वोच्चको शुक्रबारको आदेश अनुसार सचिव राउतको निवेदन समेत आइतबार फेरि सुनुवाइ हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version