काठमाडौँ: नेपाली कांग्रेसले पहिलोपटक आफ्नो केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने भएको छ।

११ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय (सानेपा) मा सुरु हुँदै छ।

सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार उक्त बैठक लाइभ गर्न तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘कांग्रेसले लाइभ बैठक पहिलोपटक गर्न लागेको हो’, उनले भने।

मुख्य सचिव पौडेलका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्न हेर्ने व्यवस्था मिलाइनेछ।

सोमबार आफ्नो निवास (धुम्बाराही) मा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरी बैठकमा सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका थिए।

सोअनुरूप कांग्रेसले आज सुरु हुने केन्द्रीय समितिको बैठक लाइभ गर्न लागेको हो।

बैठकका लागि १० वटा एजेन्डा तयार पारिएको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस्ता छन् ती १० एजेन्डा–

१. समसामयिक विषय (आर्थिक, परराष्ट्र)

२. सांगठनिक कार्ययोजना र कार्यतालिका

३. केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव

४. निर्वाचन परिचालन समितिको प्रतिवेदन

५. नीति अधिवेशन सम्बन्धमा

६. विभागहरू गठन, थप र कामको व्याख्या

७. राष्ट्रव्यापी अभियानको घोषणा

८. अनुशासन समितिको प्रतिवेदन पेस

९. संसद्‍मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन

१०. सरकारको गतिविधिबारे जानकारी

यो बैठकमा नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाँण निलम्बन गर्नेबारे पनि संस्थापन इतर समूहले कुरा उठाउने तयारी गरेको बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version