काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै त्यसका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् ।

‘पछिल्ले २-३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो । ‘

उनले ३३ पटक सुन भन्सार हुँदै भित्र्याइएको बताए । ‘मन्त्रीदेखि को-को संलग्न छन् त्यसमा छानबिन हुनुपर्छ,’ उनले भने ।

गिरीको भनाइलगत्तै एमालेका संसदहरुले नाराबाजी गर्दै वेल घेरेका थिए । सांसदहरुले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version