काठमाडौँ: नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र अटो कर्जाको जोखिम भार घटाएको छ।

शुक्रबार सर्कूलर जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र अटो कर्जाको जोखिम भार घटाएको हो।

यसअघि २५ लाखमाथिको कर्जाको जोखिम भार १५० प्रतिशत थियो।

अब ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत झारिएको छ।

त्यसैगरी ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिमभार भने १५० प्रतिशत नै कायम रहेको छ।

व्याक्तिगत २५ लाखसम्मको अटो कर्जाको जोखिम भारसमेत १०० प्रतिशत कायम गरिएको छ।

यसअघि यस्तो कर्जाको हकमा जोखिम भार १५० प्रतिशत थियो।

त्यसैगरी २५ लाखमाथिको व्याक्तिगत अटो कर्जाको जोखिम भार १५० प्रतिशत रहने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी रियल स्टेट कर्जाको हकमा जोखिम भार १०० प्रतिशत कायम गरिएको छ।

संस्थागत परियोजना र नेपाल सरकारले जग्गा खरिद गर्न र डेभलपमेन्ट प्रयोजनका लागि लिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम रहने उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version