चितवन: पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट खुलेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शुक्रबार राति बिहान १ बजे पहिरो खस्दा सडक बन्द भएको थियो।

एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version