काठमाडौँ: नेकपा एकीकृत समाजवादीले साउन १६ गतेदेखि गर्ने भनेको सबै बैठक स्थगित भएको बताएको छ।

एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित गरेको हो।

पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको बताएका छन्।

असार २९ र ३०, साउन १, २, ४, ५ गते बसेको पार्टीको सचिवालय बैठकले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको थियो।

त्यस बैठकले साउन १५ गते सचिवालय, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।

साउन १५ गतेको सचिवालय बैठक बस्ने तर १६ गतेदेखिको बैठक स्थगित गर्ने खतिवडाले बताएका छन्।

६ दिन चलेको सचिवालय बैठकले पार्टीको राजनीति कार्यदिशाबारे छलफल गरेको थियो। बैठकले जनताको बहुदलीय जनवादको सान्दर्भिकता नसकिएको बताएको थियो। जनताको बहुदलीय जनवादका माग, नारा र मान्यता संविधानमै संस्थागत भएकाले यसको सान्दर्भिकता रहेको उसको निष्कर्ष थियो। उसले पार्टीको राजनीतिक कार्यक्रम समाजवादी क्रान्ति भएको पनि उसले स्पष्ट पारेको छ।

त्यस्तै सचिवालय बैठकले एमसिसी नेपालको हितमा कार्यन्वयन भए वा नभएको जानकारी लिन पार्टीका तर्फबाट अनुगमन समिति बनाउने निर्णय गरेको थियो। त्यस्तै एमसिसीमा नेपालको हित रक्षाको प्रत्याभूति गर्न संसदीय अनुगमन समितिको खाँचो पनि औंल्याएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version