सभामुखले डाके परामर्श समितिको बैठक

काठमाडौँ:
संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने भएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण हिजो बस्दै नबसी स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूचीमा?
त्यसअघि मध्याह्न १२ बजे बस्नेगरी सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

यसअघि आजै बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए।

‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो’, उनले भने, ‘सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो।’

सभामुखले सदन अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटकपटक छलफल गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version