काठमाडौँ: नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन विधेयकलाई कसरी अगाडि बढाउने? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा आगामी दिनमा संसद्‌मा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगी रोगको रोकथाम, पशुमा फैलिरहेको लम्पी स्किन रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताए।

आज बस्ने संसदीय दलको बैठकमा छलफल गर्ने एजेन्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहीबार दिउँसो बसेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा आफ्ना सांसद सुनिल शर्मा पक्राउ परेको भोलिपल्ट शुक्रबार कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version