काठमाडौँ: सेयरबजार परिसूचक नेप्से २१.९९ अंकले घटेको छ। आज (आइतबार) २१.९९ अंकले घटेर २०११.१४ अंकमा अडिएको छ।

आज नेप्सेसँगै कारोबार समेत घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोडको कारोबार भएको थियो। नेप्सेमा १ अर्ब ४४ करोडको कारोबार भएको छ।

कारोबारमा आएमध्ये २९ कम्पनीको सेयरमूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। त्यसैगरी ८ कम्पनीको सेयरमूल्य भने स्थिर नै देखिएको छ।

आज कारोबारमा आए १३ वटै उपसमुहमा गिरावट आएको छ । सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको उपसमूह २.३४ प्रतिशतले घटेको छ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.५७ अंकले बढेको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ६ करोड ६३ लाखको कारोबार भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version