काठमाडौँ:
काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ ।

आज निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि राखिएको थियो ।

सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version