काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा अनधिकृत रूपमा बनाइएका ४ वटा टहरामा डोजर चलाएको छ ।

महानगरले अनुमतिविना बनाइएका टहरमाथि डोजर चलाइएको महानगरका नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले जानकारी दिए ।

‘भृकुटी मण्डपमा शौचालयका लागि मात्रै अनुमति भएको ठाउँमा अन्य टहराहरु निर्माण गरेर व्यापार गरेपछि डोजर चलाएर भत्काएका हौं,’ वाग्लेले भने ।

यसअघि पटक–पटक उक्त टहरा हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर चलाउन बाध्य भएको उनले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version