दमौली :प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version