काठमाडौं: प्रहरीले २१ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल संचालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।
नागार्जुन नगरपालिका-७ हसनटार बस्ने २१ वर्षीया महिलालाई उनीहरुले ललाई फकाई नगरकोटीले संचालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।
ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
