काठमाडौँ: एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।

भारत-पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।

यसअघि समूह चरणमा भारत-पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्।

सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो।

त्यसपछि भारत र पाकिस्तान टी-२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए।

सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दैछ। यसअघि बुधबार बंगलादेशलाई ७ विकेटले हराएर पाकिस्तानले सुपर फोरमा सुखद सुरुवात गरिसकेको छ।

सुपर फोर अन्तर्गत हिजो भएको खेलमा पनि बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version