काठमाडौं: गएराती चितवन, कैलाली, सिरहा र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
चितवन ईच्छाकामना गाउँपालिका(३ स्थित वा ७६ प ६८८० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडकबाट अंदाजी २ सय मिटर तल चुमखोलामा खसेर दुर्घटना हुँदा चालक नुवाकोट ककनी बस्ने २० वर्षीय रावल लामा गम्भीर घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा मृत्यु भएको छ ।
कैलाली गोदावरी नगरपालिका(४ वुढितोलास्थित राजमार्गमा से १ त ८९२२ नम्बरको ट्याक्टर सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा लेवर काम गर्ने सोही नगरपालिका-२ बस्ने ३३ वर्षीय कविराज जोशीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा लहान नगरपालिका-१ स्थित सडकमा स ८ प ९६४२ नम्बरको मोटरसाइकललाई मे १च ४१७२ नम्बरको पिकअप भेनले सोमबार ठक्कर दिँदा मोटरसाइकल चालक गोबिन्दपुर बस्ने १९ वर्षीय दुधनाथ यादबको घटनास्थलमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी छिन्नमस्ता गाउँपालिका(३ स्थित सडकमा को २५ प ४३८१ नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अशोक झा सहित ३ जना गम्भीर घाइते भएकोले उपचारको लागि सगरमाथा अंचल अस्पताल राजविराज पठाइएकोमा उपचारको क्रममा झाको मृत्यु भएको छ । घाइते मध्ये सत्तिस झालाई थप उपचारको लागि धरान घोपा अस्पतालमा पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
