काठमाडौँ: घरेलु मैदानमा आज (बिहीबार) सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेल जित्दै नेपाली युवा टोली अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

घरेलु मैदानमा समर्थकको साथमा नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। नेपाली टोली उमेर समूहमा इतिहास दोहोर्‍याउने योजनामा छ।

साफमा नेपाल मालदिभ्स र पाकिस्तान रहेको समूह एमा छ। समूह चरणको अन्तिम खेलमा नेपाल मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ।

आजै हुने पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजे हुनेछ। समूह बीमा भारत, भुटान र बंगलादेश छन्।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version