काठमाडौँ: चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ।

नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ।

आज भएको लक्की ड्रबाट नेपाल र भारतको भेट क्वार्टरफाइनलमा पक्का भएको हो।

समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो।

दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

नेपाल समूह एको विजेता बन्दै अन्तिम ८ स्थानमा पुगेको हो।

क्वार्टरफाइनलको दोस्रो खेलमा भोलि नै पाकिस्तान र हङकङ भिड्नेछन्।

श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version