काठमाडौँ: सरकारले कालिमाटी तरकारी बजारका ५१ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आज बसेको बैठकले ५१ स्टलहरु खारेज गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
उनले भने-” अनुगमनका क्रममा स्पष्टीकरण सोधिएको मध्ये करण चित्तबुझ्दो नभएका ५१ वटा स्टल खारेज गरेको र २५ वटा स्टललाई सफाइ दिएको छ ।’
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मातहतमा बनाएको बजार अनुगमनका क्रममा रातो सूचीमा परेपछि ९८ स्टल सञ्चालकलाई स्पष्टीकरण सोधिएको थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परेका थिए ।
सरकारले नियमित रुपमा बजार अनुगमन गर्ने र खाली रहेको स्टलहरु वितरण गर्ने प्रवक्ता सुवेदीले बताए ।
