काठमाडौँ : वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपालीको विषाक्त मदिरा सेवनबाट मृत्यु भएको छ ।

मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको बताइएको छ ।

विषाक्त मदिरा सेवनबाट हालसम्म १५ जनाको मृत्यु भइसकेको मलेशियाका सञ्चारमाध्यमले जनाएका छन् । उनीरुको राष्ट्रियता खुल्न सकेको छैन ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version