काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले पनि कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कार्कीलाई पार्टीले विश्वासको मत दिने बताए । प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबनर मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् ।

एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेको अवस्थामा प्रदेश मध्यावधी निर्वाचनमा जाने जोखिम रहेकाले प्रदेश सांसदहरूको दबाबमा उनले तत्काल विश्वासको मत लिन बाध्य भएको एक प्रदेशसभा सदस्यले बताएका छन् ।

प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचन रोक्न कांग्रेसका प्रदेश सांसले गरेको विद्रोह र गठबन्धनका कारण सत्ताबाट बाहिरिनु परेको अवस्थामा पनि कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेले दिएको समर्थनलाई संस्थागत गर्न प्रदेश सांसदहरूले दबाब दिएपछि उनी तत्काल विश्वासको मत लिने पक्षमा पुगेका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version