काठमाडौँ: त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ।

मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ।

टी-२० को १६ औं वरीयतामा रहेको नेपाल र २१ औं वरीयतामा रहेको हङकङले अहिलेसम्म पाँच वटा टी-२० खेलेको छ। जसमा नेपाल २ र हङकङ तीन खेलमा विजयी भएको छ।

आजको खेलमा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको समर्थन रहनेछ।

नेपाली टिममा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

एसिया कपकम टेस्ट मान्यता प्राप्त देशहरूसँग खेलेपछि नेपालको क्रिकेट अझै सुधारिएको छ।

सिरिजको अर्को खेल नेपालले हङकङसँगै कात्तिक ४ गते खेल्नेछ।

जारी सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version