काठमाडौं: यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् । मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात खराब थियो ।

१४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले ।

तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । पाँचौं नम्बरमा आएका विकेटपिकर ब्याट्सम्यान उत्तम थापा मगरले साथ दिएपछि खनालले शतक पुरा गरे । ९० बलमा १०० रन पुरा गरेका उनी थप दुई बल फेस गरेर आउट भए ।

४० ओभरको खेल सकिंदा नेपालको अहिले ४ विकेटको क्षतिमा २२० रनमा खेलिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version