काठमाडौँ: पूर्वमन्त्री तथा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । एनआरएनए पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
Facebook Comments Box

