काठमाडौं : तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते (आइतबार) देखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ।

बुधवार एक सूचना जारी गर्दै बैंकले कात्तिक १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको छ।

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन्। एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन्।

यस्तै चाँदीका सिक्काको सेटमा गाई अंकित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अंकित १०÷१० ग्रामका सिक्का हुने बैंकले जारी गरेका सुचनामा उल्लेख छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version