काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को पहलमा स्थानीय वृद्धवृद्धाहरुको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया निशुल्क रुपमा सम्पन्न गरिएको छ।

वडाका अध्यक्ष रामेश्वर लामाका अनुसार १४ जना वृद्धवृद्धाहरुको आँखाको शल्यक्रिया डा. सन्दुक रूइतको नेतृत्वको टोलिले तिलगंगा आँखा अस्पतालमा आइतबार सम्पन्न गरिएको हो। वडामा महिना दिन अघि सम्पन्न आँखा शिबिरमा जाँच गराएका मध्ये, ५० जनाको आँखाको शल्यक्रिया गर्नु पर्ने देखिएकोमा शल्यक्रियाको लागि भने जम्मा १४ जना मात्रै स्थानीय आउनु भएको बताए।

शल्यक्रियाका लागि वडाले वृद्धवृद्धाहरुलाई उनीहरुकै घरघर पुगेर यातायातको सुविधासहित अस्पताल ल्याउने र पुर्याउने काम गरेको पन्नी उनले बताए।

अस्पतालले स्थानीय निकायबाट सिफारिस भई आउने यस्ता कार्यको लागि दैनिक सयौंको संख्यामा मोतियाबिन्दुको सल्यक्रिया गर्दै आएकोसमेत जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version