काठमाडौँ: भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब दुई करोड ५१ लाख मूल्यबराबरको क्षेती शुपन्छीतर्फ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसत मूल्यमा मूल्याङ्कन गरी क्षतिको विवरण निकालेको हो ।

मन्त्रालयद्वारा जारी बिज्ञप्ति अनुसार, भूकम्पबाट जाजरकोटमा करिब २ करोड १८ लाखबराबरको पशुधन क्षेती भएको छ भने रुकुम पश्चिममा करिब ३३ लाख १८ हजार बराबरको पशुधन क्षेती भएको अनुमान गरिएको छ ।

जाजरकोटमा ११ गाई गोरु, १९ राँगा भैसी, १६८ भेडा बाख्रा र ४५९ पन्छीसहित ६२२ पशुपन्छीको मृत्युहुँदा करिब ५९ लाख ७७ हजार बराबरको क्षती भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, भुकुम्पबाट जाजरकोटमा ६७ गोठमा क्षति हुँदा १ करोड ५८ लाख २७ हजारको अनुमानित क्षति भएको छ ।

भूकम्पबाट घाईते भएका ८६ गाई गोरु, १४ राँगा भैसी र ४९२ भेडा बाख्राको उपचार गरेको मन्त्रालयले जनएको छ ।

त्यसैगरी, भूकम्पबाट रुकुम पश्चिममा ६ गाई गोरु, ८ राँगा भैसी, २८ भेडा बाख्रा र ३०९ पन्छीसहित ३५१ पशुपन्छीको मृत्युहुँदा करिब १७ लाख १८ हजार बराबरको क्षती भएको मन्त्रालयले जनाएको छ ।

भूकम्पबाट रुकुम पश्चिममा जम्मा ४ गोठमा क्षति हुँदा १६ लाख अनुमानित क्षति भएको छ ।

मन्त्रालयका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षतिको विवरण लिने काम सुरु भएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ ।

मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version