काठमाडौँ: निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ ।

मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नाइन एन–एएलएन विमानसँगै यतिका अब तीन वटा एटिआर विमान भएका छन् ।

उक्त विमान फ्रान्सको टुलुस शहरबाट इटाली, इजिप्ट, मस्कट हुँदै काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ । थपिएको एटिआर विमान हालका गन्तब्यबाहेक भद्रपुर तथा निकट भविष्यमै पोखरा सेवा दिने यति एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए। यतीको एटिआर विमानले हाल विराटनगर, भैरहवा, नेपालगञ्ज उडान भर्दै आएको छ ।

यती एयरलाइन्सको थपिएका तीन वटा एटिआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डरनियर डिओ–२२८, दुई वटा ट्विन अटर डिएचसी–३०० र दुई वटा ट्विन अटर भिकिङ ४०० सिरिज छन् । जम्मा छ वटा एटिआर विमान भित्र्याउने योजनामा रहेको यतीले थप विमान ल्याउने प्रक्रियामा रहेको कम्पनीका प्रवक्ता राईले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकामा त्यसलाई साकार तुल्याउन साझेदारीका रुपमा सेवा पु¥याउने उद्देश्यले विमान सेवालाई प्रयोग गरिने कम्पनीले जनाएको छ । “नेपाल भ्रमण वर्षलाई लक्षित गरी विमानको सेवालाई अघि बढाइने छ, साथै नजिकिएको नेपालीको महान् चाड दशैँमा यात्रुको सहजतालाई समेत ध्यानमा राखेर सेवालाई प्रभावकारी बनाइनेछ,” उनले भने।

नयाँ एटिआरले आवश्यक प्रक्रिया पूरा गरी अबको १५ दिनभित्र उडान शुरु गर्ने जनाइएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version