काठमाडौँ: एनसेलको सेयर खरिद बिक्री छानविन समितिले काम सुरु गरेको छ।

मंसिर २१ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ३० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी समितिले काम सुरु गरेको हो। समिति संयोजक टंकमणि शर्मा दंगालले अध्ययन तथा छानविनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायह कम्पनीहरुसंग छलफल गर्ने बताएका छन्।

‘एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा यससँग सम्बन्धित प्रमाणहरूमा भएका समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई सहयोग गर्न आह्वान गर्दछ,’ शर्माले विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version