काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको खरिदबिक्री ठीक ढंगबाट नभएको बताएका छन् । मंगलबार राज्य व्यवस्था समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले एनसेलको सेयर खरिद बिक्री प्रकरणको विश्लेषण गरिरहेको पनि मैले बुझेको छु । समितिको एकिन राय प्राप्त भएपछि सरकारले मुद्रा सटही, कर प्रशासन लगायतका विषयमा नयाँ कदम चाल्नेछ, मलाई शुरुमा नै यो ठिक ढंगले भएको छैन भन्ने लागेको हो,’ उनले भने ।
त्यस्तै, सरकार यो विषयमा गम्भीर र संवेदनशील रुपमा लागेको र कानुन तथा कर प्रणाली अनुसार छ खरिद बिक्री भएको छ वा छैन भन्ने विषयमा लागि परेको उनले बताए ।
‘विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ । यसको कारोबार भएको बेलामा म देशबाहिर थिएँ । सोही समयमा मैले यो समाचार दुबैइमा सुने, फर्कनेबित्तिकै सञ्चार मन्त्रालय, प्राधिकरणलाई निर्देशन दिन मुख्यसचिवलाई ड्राफ्ट गर्न लगाएर निर्देशन दिएँ,’ उनले भने ।
पछि सञ्चार मन्त्रालयलसँग छलफल गरि मंसिर २१ गते छानबिन समिति गठन गरिएको समेत उनले जानकारी गराए ।
प्राधानमन्त्री प्रचण्डले यो प्रकरण कसैलाई ओभरल्याप गर्ने गरी नगरिएको, छानबिनबाट नेपालको दूरसञ्चार क्षेत्रमा पर्ने प्रभाव, विदेशी लगानिमा पर्नसक्ने प्रभाव र नेपालको कर क्षेत्रमा पर्न सक्ने प्रभावको बारेमा अध्ययन गर्न निदेशन दिइएको बताए ।

