काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन्। कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति भइसकेको छैन।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशीमा खाली भएका दुई सिट मध्ये अन्यतर्फ कांग्रेसबाट उम्मेदवार उठाउने निर्णय गरेको थियो। यही माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version