काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचका लागि सशस्त्र प्रहरी बल खटाइएको छ।

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली भन्सार जाँचका लागि खटाइएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए।

उनका अनुसार सोमबारदेखि विमानस्थलमा सशस्त्र प्रहरीको टोली खटिएको छ।

‘भन्सार क्षेत्रमा साबिकमा प्राइभेट कम्पनीका गार्डहरूले काम गर्थे। अहिले सशस्त्र प्रहरीको तर्फबाट चेकिङको काम थालेका हुन्,’ पाण्डेले भने।

अर्थ मन्त्रालयले पुस १७ गते विमानस्थल भन्सार जाँचका लागि सशस्त्र प्रहरीलाई खटाउन भन्दै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।

अर्थको मन्त्रीस्तरीय अनुरोधपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेका थिए।

अहिले खटिएको सशस्त्रको टोलीले चार सिफ्टमा पाँच-पाँच जनाको टोलीले काम थालेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version