काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गरेका छन्।

युगान्डा भ्रमणपछि आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्।

रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी पनि प्रधानमन्त्रीले गरे। ‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ। रुस-युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’

युगाण्डामा रुसी उप विदेशमन्त्रीसँगको भेटका क्रममा पनि आफूले नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरेको उनले सुनाए। ‘हाम्रो देशको सम्झौता भएको भारत र बेलायत बाहेक अन्य कुनै मुलुकमा पनि नेपाली सेनालाई भर्ना गरिँदैन भन्ने कुरा राखेकाे छु,’ उनले भने।

प्रधानमन्त्रीले जागीर खाने नाममा राज्यको नीति र संविधानको मर्म विपरीत जहाँ पायो त्यहीँ जाने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए। ‘जागीर खाने नाममा जहाँ पायो त्यहीँ जाने, राज्यको नीति, संविधानको मर्म विपरीत जहाँ पनि जाने। अझ बाटो छलेर जाने यो तरिका भएन।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version