काठमाडौँ : आज (सोमबार) काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।

आज बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् आज उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको हो।

‘यो उपत्यकाका लागि यस वर्षको हालसम्मकै कम तापक्रम हो’, उनले भने, ‘यसअघि उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम जनवरी ५ मा ३.५ सेल्सियस डिग्री थियो।’

आगामी दिनमा तापक्रम अझै घट्दै जाने सम्भावना रहेको मौसमविद् लामिछानेले बताए। आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। आइतबार उपत्यकाको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। अर्थात् आकाशमा अलि अलि बादल देखि पनि घाम लाग्नेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version