काठमाडौं: पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न नदिन अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार उच्च अदालत पाटनले पुनको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्दै कामकाज नगर्न नगराउन भनेको हो ।

पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हो । यसअघि गत पुष २९ गते न्यायाधीश जनक पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

उच्च अदालत पाटनले आइतबार जारी गरेको आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको योग्यता पुगेको नदेखिएको भन्दै उनलाई कार्यकारी निर्देशकका रुपमा कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version