काठमाडौँ: सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न एक समितति बनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति बनाएको हो।
सरकारले अध्ययन समितिको संयोजकमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई तोकेको छ। शिवाकोटी नेतृत्वको समिति तीन सदस्यी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
Facebook Comments Box

