काठमाडौं: दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने भएको छ।

नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नैछ। यो खेल माघ १९ गते शुक्रबार हुनेछ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version