काठमाडौं: कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् ।

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा आज बिहान बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जना मध्ये पोखरेललाई नियुक्त गरेको हो ।

यसअघि उनी निमित्त प्रबन्ध सञ्चालक थिए । कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version