काठमाडौँ: काठमाडौँ-मधेश/तराई द्रूतमार्ग (एक्सप्रेस वे) को निर्माण जिम्मा पाएको नेपाली सेनाले जग्गा अधिग्रहणको बाँकी काम मुख्य चुनौती रहेको जनाएको छ।

परियोजना निर्माणका लागि सरकारले ललितपुर जिल्लाको जग्गा मुआव्जा सम्बन्धमा सैंबु, खोकना,बुङ्गमती तथा डुकुछाप इलाकामा अधिग्रहणभित्र पर्ने कुल क्षेत्रफल ९१२.५ रोपनी मध्ये हाल १०२.७५ रोपनी सरकारी जग्गा परेको र अझै २९३.७५ रोपनी जग्गाको पुर्जा नै प्राप्त हुन बाँकी रहेको सेनाले जनाएको छ।

कूल क्षेत्रफल मध्ये हालसम्म ३६७.२७ रोपनीको मुआब्जा स्थानीयले बुझेसकेका छन् भने पुर्जा प्राप्त भई १४८.७५ रोपनीको मुआब्जा बुझ्न बाँकी रहेको सेनाले जनाएको छ।

“जग्गा अधिग्रहणको मुख्य चुनौतीको रुपमा ललितपुरस्थित बुङ्गमती क्षेत्रमा रहेको छ त्यो काम सेनाले त्यहाँका स्थानीयहरुसँग मुआब्जा काम र त्यसको समस्या समाधानका लागि २० औं पटक यस विषयमा छलफलमा गरिसकिएको, आयोजना प्रमुख तथा प्राविधिक उपरथी योगेन्द्र खांडले बताए।”

ललितपुरको खोकनामा सेनाले बसालेको क्याम्प

जग्गा सम्बन्धि प्रगति विवरण
यस आयोजनालाई आवश्यक कूल क्षेत्रफल १५,०६९ रोपनी हो जसअन्तर्गत ललितपुरमा मात्रै ९१२.५ रोपनी जग्गा अधिग्रहण हुनेछ।

बाराको नीजगढ इलाकामा कुनै पनि मानवीय बस्ति नभएकोले त्यहाँ जग्गा अधिग्रहणको समस्या नै छैन भने काठमाडौँ र मकवानपुरका जग्गा अधिग्रहणको काम सबै सकिएको सेनाले जनाएको छ।

कूल क्षेत्रफल मध्ये सरकारी जग्गा ४,४३९ रोपनी रहेकोमा ९,७३१ रोपनीअधिग्रहण भइसकेको र ८९९ रोपनी जग्गा भने अधिग्रहण हुन बाँकी रहेको छ।

“सरकारी मुआब्जा प्रदान गर्ने र यति उती भन्ने रकम हामीले निर्णय गरेका होइनौं यो त पहिले नै सरकारले स्वीकृति गरेको हो,” उपरथी खांडले भने। हामी त सरकारले दिएको निर्देशन मान्ने हो र हामी त्यहाँको सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि पनि उत्तिकै सचेत छौं, उनले भने। “त्यहाँको एतिहाँसिक सिकालीको मन्दिर र खोकनाको बस्ति संरक्षणका लागि परियोजनामा कसरी मिलाउन सकिन्छ भनेर विचार गर्दैछौँ,” उनले भने।

“हामीले स्थानीयसँग बुझ्दा उनीहरुको चिन्ता यस परियोजनाले मात्रै गर्दा नभएर हाल त्यहाँबाट आउने भनिएको ३३ किभिए प्रसारण लाइनको हो, उनीहरुको बचे खुचेको जग्गा पनि सबै सकिने भो भनेर उनीहरु चिन्तित छन्,” उपरथी खांडले भने।

यस परियोजनाको वातावरणीय मुल्यांकन प्रभाव सन् २०१५ जुलाई मै सम्पन्न भइसकेको पनि उनले बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version