काठमाडौँ: संघीय संसद अन्तर्गत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज सकिँदै छ ।

राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारणका क्रममा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आज रातिबाट सकिन लागेको हो ।

राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।

आज पदावधि सकिन लागेकामा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन् ।

आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । सो निर्वाचनबाट चुनिएका सांसदहरूको सोमबार शपथग्रहणको कार्यक्रम रहेको छ । बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version