काठमाडौं: नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

काठमाडौं महमनगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगो, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका खसी बोका राँगा भैंसीको सिङमा दुई प्रकारका रंग लगाउने भएको छ ।

महानगरपालिकाले हरियो चिह्न लगाए स्वस्थ र रातो चिह्न लगाए अस्वस्थ हुने भएकाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version